प्रहरी महानिरीक्षक सिंहद्वारा प्रहरी तालिम केन्द्र र प्रहरी अस्पताल निरीक्षण

बाँके । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको शुक्रबार निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि गर्नेतर्फ विशेष ध्यान दिएर तालिम प्रदान गर्नुपर्ने उल्लेख गरे ।

यसैगरी प्रहरी महानिरीक्षक सिंहले लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उनले अस्पतालको ल्याव परीक्षणलाई स्तरोन्नति गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिए । बिरामी वार्डलाई व्यस्थित गर्नुपर्ने र नयाँ निर्माण हुन लागेको अस्पताल भवन छिटो भन्दा छिटो शीलान्यास गरी निर्माण कार्य अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

साथै प्रहरी महानिरीक्षक सिंहले मंसिर १ गते जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकास्थित मतदान केन्द्रमा मतपेटिकाको खाली बाकस बोकी जाँदै गर्दा सवारी दुर्घटनामा परी घाइते भई हाल उक्त अस्पतालमा उपचाररत जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक हवल्दार सुरज चन्दको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

निरीक्षण भ्रमण कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..