सौतेनी छोरा हत्या आरोपमा पक्राउ

बारा । बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा अंश दिनुपर्छ भनेर नागरिकता माग गर्ने आफ्नै सौतेनी आमाको सौतेनी छोराले हत्या गरेको रहस्य बाहिरिएको छ ।

पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन्। पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते हत्या भएको थियो।नागरिकताकै विषयलाई लिएर घरमा आपसी विवाद चर्किएपछि जयकिशोरले खुकुरी प्रहार गरी तेतरीदेवीको वीभत्स हत्या गरेको स्विकार गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।


हत्यापछि फरार रहेका उनलाई प्रहरीले असोज ७ गते शुक्रबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।प्रहरीले अनुसन्धानका लागि जयकिशोरका बुवा शिवनारायणलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार तेतरीदेवी शिवनारायणकी पहिलो पत्नी हुन्।

उनीबाट सन्तान नभएपछि शिवनारायणले अर्को विवाह गरेका थिए।प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका दुवैलाई म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..