चिनका विदेश मन्त्री नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका लागि आउने भएका छन् । विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि आउने भएका हुन् ।

नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार अहिले वाङको भ्रमणको तयारी भइरहेको छ।

यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।

उनले कसको भ्रमण हुन लागेको हो भन्नेबारे जानकारी दिएका थिएनन्। पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो।

एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

यस्तै अर्कोतिर २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको २०७६ असोज तेस्रो साता भ्रमण हुनुपूर्व भदौ तेस्रो सातामा विदेशमन्त्री वाङ नेपाल आएका थिए ।

अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन भएलगत्तै उत्तरी छिमेकका विदेशमन्त्रीबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..