युवकले प्रेमिकाकी आमालाई किड्नी दान गरे , एक महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

एजेन्सी । एक प्रेमीले प्रेमिकाकी आमालाई मृगाैला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्म कि ती युवतीले आफ्नी आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।घटना मेक्सिकाेको हो ।

ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भाेगेकाे यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टाेरी छापेको छ ।
युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् ।

र, एक महिनापछि विवाह गरिन्।’उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..