सशस्त्र प्रहरीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

धनकुटा । लोकसेवा आयोगले सञ्चालन गरेको सशस्त्र प्रहरी बलको जवान पदको परीक्षामा नक्कली परीक्षार्थीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सहिदभूमी गाउँपालिका ५ का सौहार्द राई, उदयपुरको वेलका नगरपालिका ७ का योगेन्द्र राई र निशान राई रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने योगेन्द्र वास्तविक परीक्षार्थी भए पनि उनले सौहार्दलाई परीक्षा दिन लगाउने मनसाय देखिएको प्रहरीले जनाएको छ ।धनकुटा बहुमुखी क्याम्पस केन्द्रमा सञ्चालन भएको परीक्षामा १२४२० दर्ता नं रहेका योगेन्द्रको नाममा परीक्षा हल प्रवेश गर्दै रहेका सौहार्दलाई चेकजाँच गर्ने क्रममा नक्कली परीक्षार्थी भएको पुष्टि भएपछि प्रहरी नियन्त्रणमा लिएको थियो ।

उनलाई परीक्षा केन्द्रमा पुर्‍याउन मद्धत गर्ने निशानसमेत पक्राउ परेका हुन् । पक्राउ पर्ने तीनै जनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..