१० हजार घूससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर महतो सेवाग्राहीसँग घूस लिएको आरोपमा पक्राउ परेका छन् । उनीसँगै सहायक कम्प्युटर अपरेटर अव्दुल राईन समेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

जन्म दर्ताको सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई १० हजार ?पैयाँ घूस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..