सिरहामा रास्वपाको संगठन विस्तार: युवा नेता रोबिन यादवले पाए उपसभापतिको जिम्मेवारी

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा क्षेत्र नं. २ को क्षेत्रीय समिति विस्तार गर्ने क्रममा युवा नेता रोबिन यादव उपसभापति पदमा निर्विरोध छनोट भएका छन् ।

पार्टीको सांगठनिक सुदृढीकरण र युवा नेतृत्वलाई प्राथमिकता दिने नीतिका साथ सम्पन्न भएको उक्त भेलाले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यादव यस क्षेत्रका युवाहरूमाझ लोकप्रिय र सक्रिय राजनीतिका कारण चिनिन्छन् ।


नवनिर्वाचित उपसभापति यादवले पार्टीको एजेन्डालाई गाउँ-गाउँसम्म पुर्‍याउने र क्षेत्रको विकासका लागि युवाहरूको आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..