ओम प्रकाश गुप्ता / सुखीपुर । सिरहाको सुखीपुर नगरपालिकाको स्थानीय तहमा सरकारी गाडीको चरम दुरुपयोग भइरहेको छ । गाउँ गाउँमा सिह दरबार भने नाराका साथ संघियता अनुरुप व्यवस्था गरिएको स्थानीय तहका मेयर देखि कर्मचारीहरुले सरकारी गाडीको चरम दुरुपयोग गरिएको पाइएको हो ।
यस्तै सुखीपुर नगरपालिका मेयर रामअवतार यादवले लिएको स्क्रापियो गाडी आफ्नो निजी प्रयोगका लागि प्रयोग गर्दै गरेको हेरिरहेको छ । सरकारी गाडीमा ५ बोरा खैर लाेड गरि गरेको देखिएमा सुखीपुर बजारका युवा तथा स्थानीय जनता द्वारा सार्वजनिक भएको छ ।
स्थानीय जनताको समस्या समाधानको लागी उनीहरूको घर दैलोमा पुग्ने र बिकास निर्माणको काममा सहज भएर लागन नगरपालिका भरीका वडाहरु आफ्नो जनप्रतिनिधि तथा कर्मचारीहरुको लागी ठुलो मात्रामा धनराशी खर्च गरेर लाखौं लाख रुपैयाँ सबारीसाधनमा खर्च गरेको छन् ।
सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटर साइकल खरिद गर्न थालेपछि जिल्लामा त्यसको व्यापक आलोचना समेत भएको थियो । किनकि लाखौं लाखको सुबिधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन ,मोविल तथा मर्मत खर्च स्थानीय तहले व्होर्दै आएका छन् । विकास निर्माणको लागी भनी आएको बजेट सवारी साधनको रखरखावमा खर्च भएको भन्दै त्यसको व्यापक बिरोध समेत भएको थियो ।
स्थानीय तहले एकातिर सवारी साधनको रखरखावमा बाषिक लाखौं लाख खर्च गर्दै आएका छन् । भने अर्कोतर्फ ती सरकारी गाडीहरुको निजी प्रयोग पनि बढदाे छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागी सहकारी सम्पत्तिको प्रयोग गरि दुरुपयोग बढेको देखिन्छन ।
जिल्लामा अधिकाश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रूपमा पाएको स्क्रापियो मोटर साइकल घरको कामदेखी खेतवारीको काममा प्रयोग गर्ने गरेका छन् ।
मेयर देखि वडा अध्यक्षले पाएको गाडी उनीहरूका छोरा भाइ भतिजो र सालोले गुडाइरहेको देखा पाएका छन् । गाडीमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट त्यसको प्रयोग हुने आफ्नो घरको र व्यक्तिगत काममा प्रयोग गर्दै आएको स्थानीयहरुले बताएका छन् ।
यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउन सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ । सुखीपुरका युवाहरु तथा जनता द्वारा बताएका छन् ।


