बाटो नबनाएको भन्दै गाउँपालिका अध्यक्ष श्रेष्ठलाई जनताले कठालो समाते

दोलखा । एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्षलाई कालर (कठालो) समातेका छन् ।

बागमति प्रदेश अन्तर्गतको दोलखा जिल्लास्थित रहेको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई सोही ठाउँका नागरिकहरुले कठालो समातेर हातपात गरेका छन् । मेलुँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठालो समातेको हो ।

स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौँ लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो । बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहिलो सफा गरिदिन फोन गरिएको थियो ।

स्थानीयले फोन गर्दा गाउँपालिका अध्यक्ष श्रेष्ठले उनीहरुलाई आफू चरिकोट रहेको भनेर प्रतिक्रिया दिएका थिए । उनले फोनमै आफू बाटो सफा गर्न लगाउँछु आश्वासन दिएका थिए । फोनमा आश्वासन पाएपछि विरामीलाई स्ट्रेचरमा लिएर अगाडी बढेका स्थानीयहरुले तीन वटा स्ट्रेचर भाँचिएको थियो ।

गाउँपालिका अध्यक्ष श्रेष्ठलाई बिरामी लिन आएको गाडी बाटोमा पहिरो हिलोमा फसेको जानकारी गराउँदै डोजरले बाटो सफा गरिदिन आग्रह गरिएको थियो । त्यसपछि अध्यक्षले “म चरिकोट छु, मैले बाटो सफा गर्न भनिदिन्छु” भनेर भनेका थिए ।

तर, केही बेरपछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ तेहि देखेपछि झुक्याएको र बाटो समेत सफा नगरिदिदा स्थानीयहरु आक्रोसित बनेका थिए । सोही समय उनको कठालो समातेर हातपात गरेको बुझिएको छ ।

यता, गाउँपालिका अध्यक्षलाई आक्रोसित स्थानीयहरुले कठालो मात्र समातेको तथा हातपात नगरिएको बताइएको छ । केही दिन अघि छिमेकी मुलुक भारतमा एक जनप्रतीनीधिलाई बिजुलीको पोलमा बाँधेर हातपात गरेको भिडियो र तस्विर भाइरल बनेको थियो ।-न्यूज ब्यूरो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..