काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
आज बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने बताउँदै उनले केपी ओली र आफ्नो विचारमा मेल नखाएकाले पदबाट राजीनामा दिने निर्णय गरेकाे जानकारी दिएका छन् ।
एकदुई दिनभित्रै राजिनामा दिने बताउँदै गौतमले भने- ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु ।’
एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् ।


