२२ वर्षपछि पक्राउ परेका अभियुक्त जेल चलान

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१४ घर भएका साहेब चौधरी सवारी ज्यान मुद्दामा २२ वर्षदेखि फरार थिए । ६० वर्षीय चौधरी प्रहरीको खोजी सूचीमा रहेपनि फेला परेका थिएनन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको टोलीले उनलाई रामग्राम नगरपालिका–११ बाट पक्राउ गरेको छ ।


२०५६ फागुनमा नवलपरासी जिल्ला अदालतले सवारी ज्यान मुद्दामा उनलाई १ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला गरेको थियो ।


फैसलापछि फरार रहेका चौधरीलाई पक्रेर अदालतको आदेशले कारागार चलान गरिएको जिप्रका नवलपरासी (पश्चिम)का प्रवक्ता (डिएसपी) राजु लामाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..