सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले सशस्त्र प्रहरी बलका घुमुवाहरूलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बेश क्याम्प रामनगरका प्रहरी निरीक्षकले व्यापारी तथा तस्करहरूसंग रकम उठाउन परिचालन गरेका घुमुवा असई हरिश्चन्द्र साहलाई घुष लिदै गरेको अबस्थामा पक्राउ गरेको हो ।
व्यापारी रामआषिश साहले तस्करी वापतकाे रकम दिदादिदै अख्तियारले घुमुवा हरिश्चन्द्र र व्यापारी साह दुबैलाई पक्राउ गरेको हो ।


