कञ्चनपुर ।कञ्चनपुरमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन।
लागु औषध नियन्त्रण ब्यूरो र प्रहरीको संयुक्त टोलीले भीमदत्त नगरपालिका-१२ ऐरीबाट एक लाख भन्दा बढी रुपैयाँसहित लागु औषध बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिलका-१२ ऐरीकै २० बर्षिया सुर्दशन भारती रहेका छन।
उनको साथबाट १४.६७ ग्राम खैरो हेरोईन, र ८.५० मिनिग्राम चरेश,३ थान माेवाइल र १लाख ४१ हजार २ सय ५० रुपैया बरामद गरेको छ।


