नेपाल निकट सांसद भन्छन्– मुख्यमन्त्री फेरबदलमा हाम्रो संलग्नता छैन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल प्रक्रियामा आफुहरुको संलग्नता नरहेको माधवकुमार नेपाल निकट सांसदले बताएका छन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका नेता राजेन्द्र पाण्डेले के आधारमा मुख्यमन्त्री परिवर्तन गर्न लागियो भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताए ।

पाण्डेले यसअघि पार्टीका तर्फबाट प्रदेश स्तरमा बनाइएको कार्यदलकै एजेण्डा अनुसार आफूहरु अघि बढेको भन्दै अहिले मुख्यमन्त्रीको डोरमणि पौडेलको राजीनामा र नयाँ मुख्यमन्त्री चयनबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए ।

‘अष्टलक्ष्मीजीलाई के आधारमा मुख्यमन्त्री बनाउने निर्णय भयो भन्नेबारे हामीलाई थाहा छैन’ उनले भने, ‘यो निर्णयको स्वामित्व हामीले लिने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..