अफगानिस्तानबाट उद्धार गरिएका नेपाली कुवेत र दाेहा हुँदै काठमाडाैँ आइपुगे

काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुलाई काठमाडौँ ल्याइएकाे छ । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई जजिरा एयरको विमानमार्फत् बिहान सवा १० बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकाे हाे ।

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई कुवेत र कतारको दोहामा राखिएको थियाे । त्यहाँबाट काठमाडौँ अवतरण गराइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनीहरूलाइ अमेरिकी एयरफोर्सकाे विमान मार्फत उद्धार गरेर कुवेत र दाेहा पुर्याइएकाे बताइएकाे थियाे ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँबाट धेरै देशका नागरिक विस्थापति हुन थालेका छन् । अझै केही नेपाली उद्धारकाे पर्खाइमा रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..