हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेका छन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने बताएका छन् ।

विहीबार (आज) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले नयाँ सरकार आएपछि कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७५ लाख पुगेको जानकारी दिदै हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको बताएका हुन् ।

त्यस्तै, सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५–१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनको भनाइ छ । यसैबीच राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म प्राप्त भएको ९७ लाख खोपमध्ये ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

त्यस्तै उनले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको जानकारी दिदै असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..