कुस्ती खेलाडी वैरागीको हत्यारा १० वर्षपछि पक्राउ

रौतहट । दक्षिण एशियाली खेलकुदमा नेपाललाई कुस्ती खेलमार्फत काँस्य पदक दिलाउने खेलाडी उपेन्द्रदास वैरागीको १० बर्ष अघि गृहनगर रौतहटको गौरमा हत्या भएको थियो । देशको एउटा गहनाको हत्या हुँदा खेलकुद क्षेत्र मात्र शोकाकुल बनेन । समग्र देशवासीलाई यो घटनाले पोलेको थियो ।


घटनापछि वैरागीको हत्यारा पत्ता लगाउँन चौतर्फी माग उठेको थियो र प्रहरीमाथि दबाब पनि बढेको थियो । घटना लगत्तै दबाब बढेपनि १० बर्ष पछि आएर वैरागीको हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।


रौतहटसदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलन केन्द्र नजिकै २०६८ असार २३ गते राति साढे ८ बजेतिर अन्र्तराष्ट्रिय कुश्ती खेलाडी उपेन्द्र दास वैरागीको गोली हानी हत्या भएको थियो । वैरागीको हत्या आरोपमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।


प्रहरीले जिल्लाको साबिक प्रेमपुर गोनाहीगा.वि.स. वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने सोनफी पासवान भन्ने सोनफी हजरालाई पक्राउ गरेको हो । प्रहरीले हजारालाई गौर नगरपालिका वडा नम्बर ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटना लगतै खेलाडी दासकी श्रीमतीरामकुमारी देवीले हजारा लगायत ५ जनाको नाममा जाहेरी दिएकी थिइन् ।

उनले जाहेरी दिएपश्चात हजारा फरार रहेका थिए । वैरागीका कान्छा छोरा प्रेम यादवले १० वर्षपछि भएपनि एकजना फरार आरोपी पक्राउ पर्नु राम्रो संंकेत भएपनि उनकै माध्यमद्धारा प्रहरी घटनाको मुख्य योजनकाकारसम्म पुग्नुपर्ने बताउँछन् ।
देशको नाम उच्च पार्ने खेलाडीको सम्मानको लागि भएपनि राज्य सो हत्याको योजनाकारहरुलाई पक्राउ गर्न लागिपर्नु पर्ने उनको भनाइ छ ।


हत्या गरिएका बैरागी अन्तराष्ट्रिय कुश्ती खेलाडी समेत रहेका थिए । उनीत्यो बेलाका नेपालकै चर्चित कुश्ती खेलाडी थिए । नेपालमा सन १९९९ भएको आठौं साफ खेलकुद कुश्ती खेलमा कास्य पदक जितेका बैरागीलाई सरकारले गोरखा दक्षिणबाहुबाट सम्मान गरेको थियो ।


जिल्लाकै शानको रुपमा रहेका वैरागीको हत्या पछि गौरमा ठूलो जनप्रदर्शन भयो । जनप्रदर्शनको दवावमा नेपाल सरकारले उनलाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने भनेर प्रतिवद्धता जनायो । तर घटना घटेको १० वर्षपछि पनि न उनलाई शहीद घोषणा गरियो न त परिवारले क्षतिपूर्ति पाए ।

खेलाडीलाई देशको गहना भन्ने गरिन्छ । आफ्नो देशलाई खेलकै माध्यमद्धारा चिनाउन सफल खेलाडीको हत्या भएको १० वर्ष बितिसक्दा पनि उनले न्याय पाएका छैनन् । घर झगडामा मृत्यु भएकाहरुलाई पनि शहीद घोषणा गर्न पछि नपर्ने सरकार देशको नाम उच्च पार्ने खेलाडीलाई शहीद घोषणा गर्न ढिलाइ गर्न नहुने स्थानीयका माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..