माेतीलाल बिरूद्व प्रधानमन्त्री कहाँ उजुरी

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार एवम् पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई कारबाही माग गर्दै प्रधानमन्त्री तथा पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवैध काराबार गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दर्ता गराएको हो।

नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको मञ्चले जनाएको छ । उक्त कम्पनीले एक सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गरेको पनि मञ्चले उजुरीमा जनाइएको छ । खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको पनि मञ्चको दाबी छ ।


नेपालमा आयोडिनयुक्त नूनको उत्पादन, भण्डारण तथा बिक्रि बितरणको लागी सरकारले साल्ट ट्रेडिंग कर्पोरेशनलाई मात्रै अधिकार दिएकोमा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री दुगडले प्रचलित नियम कानूनको उल्लंघन गरेको उजुरीमा भनिएको छ ।

‘अवैध नूनबारे गत वर्ष असोजमा तत्कालिन प्रधानमन्त्रीलाई जानकारी गराए पनि करिव ११ महिनासम्म कुनै कारबाही भएन, वर्तमान सरकारको ध्यान पुगोस्,’ मञ्चको उजुरीमा भनिएको छ ।दूगडको व्यवसायलाई साथ दिएर कारबाही नगर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अधिकारीलाई पनि उजुरीमा कारबाही माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..