प्राधिकरणमा कुलमान घिसिङको दोस्रो इनिङ्स प्राधिकरणको नाफा बीस अर्ब पुर्यासउने लक्ष्य

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको दोस्रो इनिङ्स शुरु भएको छ । प्राधिकरणबाट विदा भएको झण्डै ११ महिनापछि उनले पुनः दोस्रो कार्यकालका लागि बुधबार नियुक्ति पाएका छन् ।२०७७ भदौ २८ गते पुनः नियुक्ति नभएपछि अवकाश पाएका कुलमान यसबीचमा चुपचाप घरमै बसे । झण्डै ११ महिनापछि उनको पुनरागमन भएको छ ।

यो आम नेपालीका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पहिलो सकारात्मक कामका रुपमा लिइएको टिप्पणी भइरहेको छ ।तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले नियुक्तिका लागि लगेको प्रस्तावलाई अस्वीकार गरियो । विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानी २० अर्ब रुपैयाँ पुर्यारएर त्यसैबाट आयोजना अघि बढाउन सकिने बताएका छन्।

पदभार ग्रहण कार्यक्रममा बोल्दै घिसिङले आफूले सरकारको लक्ष्य र मन्त्रीको कार्ययोजना अनुसार काम गर्ने बताए।उनले पीपीएका लागि पिकिङमा जानै पर्ने बताउँदै कसरी लैजाने भन्ने बारे पर्याप्त छलफल गरेर अघि बढ्ने बताए। त्यसैगरी, चौबीसै घण्टा लोडसेडिङमा बसेका जनतालाई विद्युत दिनेदेखि खेत-खेतमा सिंचाइ फिडर बनाउने विषय घिसिङले प्राथमिकतामा राखेका छन्।

‘स्पील भएको इनर्जी खपत भएको छ। तामाकोसी आउँदा २ महिना स्पिल हुन्छ कि भनेर म प्राधिकरण बाहिर बस्दा पनि भारतीय पक्षसँग कुरा गरिरहेको थिए,’ उनले भने। देशभित्रै विद्युतको माग रहे पनि पर्याप्त प्रसारणलाइन नहुँदा वितरणमा समस्या भएकाले प्रसारणलाइन निर्माण गर्दै जाने बताए। चार वटा टावर निर्माण गर्दा पनि ५०/६० मेगावाट खपत हुने अवस्था रहेको उनको दाबी छ।


तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । त्यतिबेला देश १८ घण्टासम्मको लोडसेडिङको कहरमा थियो । मानिसहरु विकल्पको खोजीमा थिए । लामो खडेरीमा वर्षा भए जस्तै नियुक्ति भएको दुई महिना पनि नबित्दै कुलमानले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाए । त्यसमा उनको मात्रै जोडबल थिएन । सरकारको पनि उत्तिकै हात थियो । प्राधिकरणका कर्मचारीको पनि उत्तिकै सहयोग थियो ।चार वर्षको अवधिमा उनले गर्न सक्नेजति सबै काम गरे ।

लोडसेडिङ अन्त्य गरेर आम नागरिकको मनमा बस्न सफल घिसिङले कुलेखानी तेस्रो, माथिल्लो त्रिशुली थ्री ए र राहुघाट जस्ता आयोजना सम्पन्न गरे ।
प्राधिकरणको पुनर्संरचना गर्न नयाँ ऐनले पनि भनेको भन्दै प्राधिकरणलाई माथि राखेरै रिस्ट्रचरिङ गर्ने भनाइ उनले राखे।त्यसैगरी, ठेकेदारले काम नगर्ने स्थिति रहेको भन्दै अब त्यो छुट नहुने उद्घोष गरे।

ठूलो जोखिम लिएर आफू प्राधिकरणमा आएको भन्दै घिसिङले कसैले पनि ढिलासुस्ती गर्ने छुट नपाउने बताए।प्राधिकरणले राम्रो प्रदर्शन गर्न सकेको खण्डमा अहिलेको भन्दा राम्रो ‘इन्सेन्टिभ’ दिने घोषणा उनले गरे। आफ्ना भगिनी कम्पनीहरुकै जस्तो सेवा सुविधा खाने गरी प्राधिकरणलाई सुधार गर्दै माथि लैजान उनले आग्रह गरेका छन्। यस्तै, प्राधिकरणको सर्भिस डेलिभरी अझ राम्रो बनाउने प्रतिबद्धता जनाए। आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता गुनासो व्यवस्थापन र दोस्रो प्राथमिकता आन्तरिक सुशासन रहेको बताए।


वितरण प्रणाली डिजिटलाइजेसन गर्देदेखि स्मार्ट र टीओडी मिटर बाँडेर ट्यारिफ समायोजन गर्नुपर्ने काम आफूले सुरु गर्ने बताए। अण्डरग्राउन्ड केबलिङ सजिलो ठाउँमा मात्रै गरेको देखिएको भन्दै घिसिङले सहरी सौन्दर्यता बढाउन त्यसलाई प्रभावकारी ढंगले उपत्यका सबै ठाउँमा सुरु गर्ने घोषणा गरे। खेर गएको विद्युतलाई प्रसारण लाइनमा तत्कालै जोड्नुपर्ने पनि उनले बताए।

‘बुटवल-गोरखपुर प्रसारणलाइन अहिलेसम्म भएको रहेनछ। अब यसलाई छिटो बनाउँछौं। बुटवल पश्चिममा ४०० केभी तत्काल सुरु गर्छौं,’ उनले भने।आफ्नो अघिल्लो कार्यकालमा ठूला आयोजना आएनन् भन्ने आरोपलाई उनले स्वीकार गरेका छन्। यसको सर्वेक्षणमा बढी समय लागेको उनको दाबी छ। घिसिङले माथिल्लो अरुण, तामाकोसी-५, चैनपुर-सेती तत्काल अघि बढाउने बताएका छन्।


उनले रातको समयमा खेर गइरहेको ५०० मेगावाट बिजुलीको खपतको योजना बनाउनुपर्नेछ । यस्तै, वर्षेनी थपिदै गएको बिजुलीको खपतका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेछ ।यस्तै चौतर्फी विवादै विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको निरुपण गर्नुपर्नेछ । विगतमा जस्तै कुलमान खरो रुपमा उत्रन्छन् वा उत्रदैनन् त्यो भने आगामी दिनमा उनले देखाउने कामले निर्धारण गर्नेछ ।देशभर निर्माण भइरहेका प्रसारण लाइनको अवस्था गतिलो छैन ।

प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था छ । यसलाई पनि सम्बोधन गर्नुपर्ने दायित्व छ । यस्तै, देशभित्र बिजुलीको नयाँ नयाँ बजार विस्तार गर्दै औद्योगिक करिडोरमा माग भएको झण्डै ८०० मेगावाट बिजुलीको व्यवस्थापन गर्नुपर्नेछ । पदभार ग्रहणपछि बोल्दै घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको बताए। दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता उनले जाहेर गरेका छन्।


‘निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्यजीलाई पनि जल तथा ऊर्जा आयोगमा चार वर्षका लागि जिम्मेवारी दिइएको छ। यो ठाउँ शाक्यजीका लागि अनुपयुक्त थिएन। तर उहाँको प्राविधिक ज्ञान प्राधिकरणभन्दा आयोगमा बढी नै देखिने छ,’ घिसिङले भने।

शाक्यले छोडेर गएकै ठाउँबाट आफूले काम अघि बढाउने घिसिङले बताए। आफ्नो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण हुने भन्दै सरकार र सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..