एमसीसी रोक्न चीनको दौडधुप, राजदूत यान्छी पुगिन् यादवलाई भेट्न

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पारित गर्ने भनिएपछि नेपालका लागि चिनिया राजदूत होउ यान्छीले यसलाई राेक्न सक्रियता बढाएकी छन् ।
एमसीसीलाई संसदबाट पारित हुन नदिन र चीनको बिआरआईलाई आगाडी बढाउन उनको सक्रियता बढेको टिप्पणी भइरहेको छ ।

गत आइतबार प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गरेकी राजदूत यान्छीले मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी छन् ।

मंगलबार अध्यक्ष यादवलाई भेट्न राजदूत यान्छी उनी बस्ने अपार्टमेन्टै पुगेकी हुन् ।शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएर नेताहरुमाथि एमसीसी पारित नगर्न दबाब सृजना गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..