फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन इतिहासले गर्छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका छन् ।मंगलबार प्रतिनिधिसभको बैठकमा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चको हरेक शब्दको आगामी इतिहासले मूल्याङ्कन गर्ने बताए ।उनले इतिहासको मूल्याङ्नबाट कोहि उम्कन नपाउने पनि दावी गरे ।

अदालतलाई भने कुनै प्रकारको विवादमा ल्याउन नहुने उनले तर्क गरे । यद्यपि उनले अदालतले पहिलो पल्ट प्रधानमन्त्री नियुक्ति गरेर नजिर स्थापित गरेको भन्दै असन्तुष्टि भने जनाएका छन् ।


उनले जनतले भरोसा गर्ने संस्थाहरुबीचको सन्तुलन बिग्रिने पो हो की ? भन्नेमा चिन्ता रहेको बताए । लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आ-आफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्ने उनको भनाइ छ ।

बिकास, सुशासन र शान्तिको पथमा लागेको मुलुकलाई गठबन्धन सिद्धान्तले बिगार्न लागेको पनि उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..