सर्वोच्चले जसपा सांसदको रिटमा अन्तरिम आदेश दिएन विपक्षीका नाममा कारण देखाउ आदेश

बुटवल । प्रदेशसभा सदस्यबाट पदमुक्त लुम्बिनीका तीनजना सांसदले पुनर्वहालीको माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।जनता समाजवादी पार्टीका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेयले सांसद पदमा पुनर्वहालीको माग राख्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै भदौ ८ गते छलफलका लागि बोलाइएको बताएका छन् ।अन्तरिम आदेश नदिएपछि तीन सांसदको पद तत्कालका लागि थमौती भएन ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि पार्टिको निर्णयविपरित सरकारमा सहभागी भएको भन्दै केन्द्रीय समितिले निर्णय गरी यी सांसदलाई कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..