एकाएक भीम रावलले किन गाउन थाले ओलीको भक्तिभजन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचकको परिचय बनाएका उपाध्यक्ष भीम रावल पछिल्लो समय संयम देखिन थालेका छन् । प्रतिनिधि सभा विघटनदेखि दलहरुको आन्तरिक निर्णयमा अध्यक्ष ओलीले कानुन र विधि मिचेको बारम्बार आरोप लगाइरहने रावल पार्टी एकताको बाहनामा गत असार २० गते सोमबार राति बालुवाटारमा ओलीलाई भेटेर फर्किएपछि एकाएक नरम बन्दै गएका हुन् ।

ओलीको खरो आलोचकको परिचय बनाइसकेका रावल यसरी एकाएक नरम बन्नुमा नेताहरूले विभिन्न कोणबाट हेरेका छन् ।असार २० गते राति अध्यक्ष ओलीसँगको भेटपछि पार्टी एकताका लागि क्रियाशील बनेका उपाध्यक्ष रावल त्यसयता अध्यक्ष ओलीमाथि कटाक्ष र आलोचना गर्न छाडेका छन् । उल्टै अध्यक्ष ओलीको तारिफ गर्न थालेर भक्तिभाव देखाउन थालेको ओली र नेपाल दुवै समूहका नेताहरु बताउन छन् ।


एकाएक उनको देखिएको फरकपनले नेपाल समूह सशंकित पनि बनेको छ । अध्यक्ष ओलीको क्रियाकलापबारे खुलेर विरोध गर्ने रावल असार तेस्रो हप्तादेखि शान्त देखिएपछि नेताहरु आश्चर्यचकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..