काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुर महनगरपालिका २ नंवर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायको बीचमा अधिकार र कतव्र्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानूनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सवैको कर्तव्य भएको उहाले बताउनुभयो । देशमा जनता सुखी र मलुक समृद्धि होस भन्ने सबैको चाहना रहेको उहाको भनाइ छ ।
नेता नेपालले संघीय, प्रदेशिक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रित सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सवै जनताले यसको महशुस गर्ने गरि सबै तहले काम गर्नुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताउनुभयो । उहाले शंकमुलमा बिद्युतीय शवदाह निर्माण गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा कार्यालयको भवन निर्माण गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।


