डीडीसीका महाप्रबन्धक पौडेललाई कारवाही माग गर्दै प्रशासनमा निवेदन

काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ ।

म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन रहेकै बेला डिडिसीले उपभोक्तालाई गुणस्तरहिन बटरबाट बनेको घिउ बिक्री गर्नु उपभोक्ताविरुद्धको गम्भीर अपराध भएको मञ्चले निवेदनमा उल्लेख गरेको छ ।


‘जिल्ला प्रशासनमा बिचाराधीन मुद्दालाई प्रभावित बनाउने र उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पुग्ने कार्यमा संलग्न डीडीसीका महाप्रबन्धकसहितका संलग्नलाई कानुन बमोजिम झिकाई हदैसम्मको कारबाही गर्न अनुरोध गरिन्छ,’ मञ्चले दर्ता गराएको निवेदनमा उल्लेख छ ।

२०७७ साल असोज २७ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य भनि बिक्री गर्न रोक लगाएको एक लाख ९४ हजार किलो बटर दूग्ध विकास संस्थानले घिउ बनाएर बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..