५ ठेकेदार कम्पनी र २ आपूर्तिकर्ता १ देखि २ वर्षसम्मलाई कालो सूचीमा

काठमाडौं । सरकारले ७ वटा निर्माण व्यवसायी (ठेकेदार) तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ।सार्वजनिक खरिद अुनमगन कार्यालयले ५ वटा निर्माण कम्पनी र २ वटा सप्लायर्सलाई १ देखि २ वर्षका लागि कालो सूचीमा राखेको हो।

कारागार व्यवस्थापन विभागको सिफारिसमा काठमाडौंको शान्तिनगर ठेगाना भएको एके एण्ड गान्था कन्स्ट्रक्सनलाई २ वर्षको लागि कालो सूचीमा राखिएको छ।


यस्तै, पर्वतको कुश्मा ठेगाना भएको कालिगंगा निर्माण सेवा, इलामको फाकफोकथुम ठेगाना भएको कण्टा निर्माण सेवा, कैलालीको धनगढी ठेगाना भएको लाटिनाथ कन्स्ट्रक्सन सेवा र सुनसरीको इनरुवा गेठाना भएको आविद निर्माण सेवालाई १–१ वर्षका लागि कालो सूचीमा राखिएको हो।

कार्यालयले उदयपुरको अम्बा सप्लायर्स र काभ्रेको बिक्रम खाद्य स्टोरलाई पनि १–१ वर्षका लागि कालो सूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..