काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रीमण्डल गठन गर्न नसकेर दिनहुँ विवादमा परिरहेको छ । गठबन्धनको सरकार भएकाले फेरि भागबण्डामा रुमलियो भन्ने विश्लेषणहरु हुन थालेपछि प्रधानमन्त्री देउवाले दुई बोल्ड निर्णय गरेर एक्सनमा उत्रिएका छन् ।
देउवा सरकारले डेढ करोड डोज खोप किन्ने सम्झौता गरेर एक्सनमा उत्रिएको छ । स्वास्थ्य राज्यमन्त्री चयन संगै विवादमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै खोप किन्न निर्देशन दिए संगै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढ करोड खोप किन्ने सम्झौता गरेका छन् ।
नेपाल सरकारले मोडर्ना र फाइजर ४०/४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता गरेको छ । कुन खोप कत्ति मुल्यमा किन्ने सम्झौता बारे भने अहिले खुलाईएको छैन । केहि महिना भित्र सम्पूर्ण खोप नेपाल भित्रिने गरि सम्झौता गरिएको बताईएको छ ।
अहिले खोपको व्यवस्थापन सहज तरिकाले नभएको कारण खोप लाउनेले खेपेको दुख सामाजिक संजालमा छरपष्ट छ । यस कारण पनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना भईरहेको छ । यहि बिचमा प्रधानमन्त्री देउवाले तत्कालै खोप किन्न निर्देशन दिएर अब सहजताका साथ खोप उपलब्ध गराउने निर्णय यो सरकारले लिएको छ ।
खोप किन्ने निर्णय संगै प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली घटनामा समेत बोल्ड निर्णय लिएको छ । गृहमन्त्री संग उक्त घटना बारे जानकारी लिएपछि प्रधानमन्त्री देउवाले भने, “दोषी जो सुकै होस् नछोड्नु र पीडित परिवारलाई क्षतिपूर्ति दिनु ।”
प्रधानमन्त्रीसंग को छलफल पश्चात गृहमन्त्री बालकृष्ण खांडले दोषीलाई कारवाही हुने र पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय सुनाएका थिए ।
दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी शनिवार विहान तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको तार काटेपछि धामी नदीमा खसेको उल्लेख गरेका छन् भने भारतीय पक्षले एसएसबीको संलग्नता नरहेको दावी गरेको छ । यस्तोमा जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयको टोली स्थलगत अध्ययनमा छ ।


