काठमाडौं । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको घिमिरे चोकबाट गाई सहित ट्रक नियन्त्रणमा आएको छ । लालबन्दीका समाजिक अभियान्ताहरुले पश्चीमबाट लोड भएर बाहिर निर्यात गर्दै गर्दाको अवस्थामा लालबन्दी नगरपालिका १७ वटा घिमिरे चोकबाट गैर कानूनी रुपमा निर्यात गर्दै गर्दा १८ वटा गाई र १३ वटा गोरु नियन्त्रणमा लिएका हुन ।
पश्चीमबाट गाई १८ वटा र गोरु १३ वटा लोड गरेर सर्लाहीको नवलपुरबाट भेटेनरी बनाई बाहिर लैजान खोजेको थाहा पाएपछि ट्रकसहित ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाएका छन ।
रातीको समयमा प्रहरीको आँखा छली गोरुसंग मिसाएर गाईको तस्कर हुने गरेको सुचना पाएपछि पुगेका अभियान्ताहरुले बुधबार राती करिब ९ः ३० बजेको समयमा लालबन्दीबाट बर्दिवास तर्फ जाँदै गरेको अवस्थामा गाई र गोरु सहित ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लालबन्दीको जिम्मा लगाएका हुन ।
पछिल्लो समयमा देशका विभिन्न स्थानबाट गोरु व्यापारको नाममा मिसाएर गाइको समेत तस्करी हुने गरेको पाइएको भन्दै उनिहरुले राष्ट्रीय जनावर गाइको तस्करी गर्नेलाई हदै सम्मको कार्बाहीको पनि माग गरेका छन ।


