काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा ठाउँ नरहेको स्पष्ट पारेका छन् । आज (शनिबार) काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हु्न । उनले भने,‘‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन् ।’
उनले नेता नेपालले वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने काम गरेको भन्दै अब पार्टीमा उनलाई ठाउँ नभएको बताएका हुन् । उनले भने,‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’ उनले पार्टीमा आउनेहरुलाई स्वागत गर्ने तर नआउनेहरुलाई अब नकुर्नेसमेत बताए ।


