चार हजार ९ सय केजी चिनीसहित मिनी ट्रक र चालक कञ्चनपुर प्रहरीको नियन्त्रणमा

धनगढी । भारतबाट भन्सार भएर सेटिङ्गमा भित्र्राईएको ४ हजार ९ सय केजि चिनी सहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट सीमा क्षेत्रमा रहेका सशस्त्र, प्रहरी र भन्सारसंग सेटिङ्ग गरि भन्सार नकाटेरै भित्र्राएको ठूलो परिमाणको चिनी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट आएको अवैध चिनी महेन्द्रनगरबाट बरामद गरेर भन्सार बुझाएको छ ।

वेदकोट नगरपालिका–१० स्थित दैजी बेल्डाडी सडकखण्डमा दैजीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ क १९०१ नम्बरको मिनी ट्रकलाई अवैध चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

मिनी ट्रकमा ३ लाख १८ हजार रुपैयाँ बराबरको ९८ बोरामा ४ हजार ९ सय केजि चिनी फेला पारेर बरामद गरिएको उनले बताए । मिनी ट्रक चालक भरत बिष्टलाई पनि पक्राउ गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको प्रहरी उपरीक्षक चतुर्बेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..