महाेत्तरी। महाेत्तरीकाे सम्सी नाकाबाट ठूलो तस्करी भैरहेको छ। सशस्त्र प्रहरीको सेटिङमा यस्तो तस्करी भैरहेको छ। सम्सी स्थित बिओपीका प्रहरी निरीक्षक गणेश पाण्डे , सई गणेश बहादुर खत्री र एसपी सुरेश सापकोटाकाे मिलिमताेमा यस्तो यस्तो तस्करी भैरहेको हो ।
सशस्त्र प्रहरी मुख्यालयले सिपाही देखि डिआइजी सम्मकाे सरूवा तयारी गरिरहेकाे अवस्थामा गणपति सापकोटा समेतको सेटिङमा बिओपी प्रमुख पाण्डेको संरक्षणमा अहिले सम्सीबाट ठूलो तस्करी भैरहेको छ।
तस्करीको लाइन पाउनेमा राेजी हार्डवेयर , बल्ला साह किराना , भाेकमरूवा साहु किराना र हार्डवेयर , बन्ठा कपडा , राजा कपडा , रामवति(महिला) कपडा , नयाज गाइगाेरू लगायतका छन् ।रातिको समयमा ठूलो तस्करी हुने र तस्करीको लाइन एवं बाटाे सम्सीका सशस्त्रका सई गणेश बहादुर खत्रीले गर्दै आईरहेका छन् ।
उनी राति माेटरसाइकलमा आफै तस्करीको लाइन क्लियर गर्दै आएका छन् ताकि तस्करको सामान पक्राउ नपराेस ।


