भारतका असम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु

एजेन्सी । भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ सोमबार असाम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको थियो । उक्त झडपमा फायरिङ समेत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।


यो विषयमा असमका मुख्यमन्त्री शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथंगाले पनि सामाजिक सञ्जालमा एक अर्कालाई चर्को आरोप लगाउँदै आएका थिए । यद्यपि पछि उनीहरुबीच वार्ता भएको कुरा बाहिर आएको थियो । ६ प्रहरी जवानको मृत्यु भएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुबै राज्यका मुख्यमन्त्रीलाई त्यहाँ शान्ति स्थापना भएको कुरा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीद्धय शर्मा र जोरामथंगाले झडप भएको सीमा क्षेत्रमा केन्द्र सरकारले नै हस्तक्षेप गर्नुपर्ने राय प्रकट गरेका थिए । मिजोरम राज्यको उसका दुई छिमेकी राज्य असम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ । गत वर्ष पनि यो क्षेत्रमा तनावको स्थिति सृजना भएको थियो ।

त्यसबेला केन्द्र सरकारले हस्तक्षेप गरेको थियो । असममा शर्मा मुख्यमन्त्री बनेपछि परिस्थिति फेरि बदलिएको छ । पछिल्ला दिन तनाव बढ्दै गएको छ । दुई राज्य बीचको सीमा विवाद अझै टुंगिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..