काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन्।
प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी सोमबार बिहान खुमलटार पुगेका हुन्।प्रचण्डपुत्री गंगा दाहालले कांग्रेस वरिष्ठ नेता पौड्लले आमा(सीता) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइन्।
लामो समयदेखि सीता बिरामी छिन्। उनी पार्किन्सन्स रोगबाट पीडित छिन्। सीतालाई भेट्न केही दिन अघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए।


