आफ्नै छोरी हाकिम भएर आएपछि छोरीलाई सलाम

नयाँदिल्ली । भारतमा अहिले एक तस्वीर खुव सेयर भै रहेको छ । उक्त तस्वीरमा एक बाबु आफ्नी छोरीलाई सलाम गरिरहेका छन् । बाबुको अनुहार चम्किलो देखिन्छ भने छोरी पनि मुस्कुराई रहेकी छिन् ।

यो तस्वीरको एक छुट्टै कथा छ यो तस्वीर भारतको हो । आन्ध्र प्रदेशमा एक सर्कल निरीक्षक श्री वाई श्याम सुन्दरले उनकी छोरी सुश्री येन्द्लुरु जेसी प्रशान्तीलाई सलाम गरेका हुन् ।

उनकी छोरी अहिले गुन्टूर जिल्लाको प्रहरी उपरीक्षकको रूपमा कार्यरत छन् । छोरी उपरिक्षक भएपछि पहिलो पटक बाबु छोरीको भेट भयो र बाबुले आफ्नो हाकिम भएर आएकी छोरीलाई सलाम गरे ।एक आइपिएस अफिसर प्रियंका शुक्लाले उक्त तस्वीर ट्वीटरमा पहिलो पटक सेयर गरेकी थिइन् ।

आततककी उस सम्पादक चित्रा त्रिपाठीले उक्त ट्वीट सेयर गरकी छिन् । उनले लेखेकी छिन्, यो फोटो पुरुष मानसिकताहरुका लागि पनि एक चोट हो, जो छोरा भन्दा छोरी कमजोर हो भन्ने सोचेरघर भित्रै राख्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..