बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनसन

लण्डन । बहादुर मर्छ एक पटक कायर मर्छ पटक पटक , अरुको लागी ज्यानको बलीदान दिनु भनेको सानो कुरा हैन आट हुनु पर्छ साहस हुनु पर्छ सेल्यूट छ हाम्रा अभियन्ता ज्ञानराज राई , धन गरुगं र पुस्पा राणाज्यू लाई , कोठा भित्र बसेर आन्दोलन हुदैन आन्दोलन गर्न र माँग पुरा गर्न सडक तताउनै पर्ने हुन्छ ,सोझो औलोले घिऊ आउदैन घिऊ निकाल्न औलो टेडो त गर्नु पर्ने नै हुन्छ !

आजबाट १३ दिने रिले अनसन त्यस पछि ३ जना अभियन्ता बाट भोक हड़ताल सुरु भयो सम्पुर्ण सुभचिन्तक ज्यूहरुमा अनुरोध गर्दछौ तपाईहरुको साथ र समर्थले अनसन बस्ने अभियन्ता हरुको हौसला बढ़ने छ फुर्सद मिलाएर प्रधानमंत्री बोरीस जोन्सनको कार्यालय अगाडी उहाहरुलाई साथ दिन सकै २४ घन्टे रिलेअनसन यदि नसके भेट गर्न भएपनि आईदिन अनुरोध गर्दछौ यो हामी सम्पुर्ण नेपाली र नेपालको स्वाभिमानको लडाई हो !

यहा कसैलाई लाग्ला गोर्खालीले जहां गए पनि आन्दोलन गर्छ भन्लान गोर्खालीले मात्र हैन यहा अन्य देसका नागरीकले पनि अन्यायको बिरुद्दमा आन्दोलन गरेकै छन र न्याय पाएका पनि छन ! आज हामी मात्र हैन अरुले पनि आन्दोलन गर्दै थिए नपत्याए फोटो हेर्नुहोला Shaindra Kc
! पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् ।गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।

बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक-एक जना अनशन बस्ने योजना रहेको राईले बताए ।सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको छ ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो ।

यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पुर्याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..