कवड्डी संघकी अध्यक्ष वामदेव पत्नी तुलसा जुडो व्यवस्थापक बनेर जापानमा!

काठमाडौं । नेकपा एमाले सांसद तुलसा थापा जुडो व्यवस्थापकका रुपमा टोकियो पुगेकी छन् । नेपाल कवड्डी संघको अध्यक्ष रहेकी रहेकी उनलाई जुडो व्यवस्थापकको रुपमा ओलम्पीकमा पठाइदा जुडोमा योगदान दिएका व्यक्तिहरु भने असन्तुष्ट बनेका छन् ।सांसद तुलसा मात्रै होइन तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा पनि जापान पुगेका छन् । उनी जुडोको व्यवस्थापककै रूपमा जापान पुगेको बताइएको छ ।


सांसद थापा नेकपा एमाले उपाध्यक्ष वामदेम गौतमकी श्रीमतीसमेत हुन् । उनी र प्रकाश शमशेर राणा राजनीतिक आडका आधारमा जिम्मेवारी भन्दा फरक ढंगले ओलम्पीकमा सहभागी भएको जुडो संघका पदाधिकारीहरुको आरोप छ ।
जुडोका पूर्व प्रशिक्षक चन्द्र डंगोल भने उनीहरुको यो सहभागितालाई खेलकुद क्षेत्रको फोहोरी राजनीतिको संज्ञा दिन्छन् ।


‘उहाँहरु विधाभन्दा बाहिर हुनुहुन्थ्यो । तर जुडोकै व्यवस्थापक रुपमा जानु भयो । यो खेल जगतका लागि लागि दुस्खद् पक्ष हो,’ उनी भन्छन्, ‘जुडोमा उहाँहरु भन्दा पनि धेरै योगदान गरेका व्यक्तित्वहरु हुनुहुन्थ्यो । यसले खेलकुद क्षेत्र राजनीतिक थलो बनिसकेको पुष्टि गर्छ । तर यो कदापी राम्रो होइन।’
उता ओम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भने उहाँहरु कमिटीको सचिव र सदस्य भएकाले जापान गएको प्रतिकृया दिएकी छन् ।

उनले राजनीतिक दबाबमा आडमा गएको भन्ने कुरामा सत्यता नरहेको बताइन् । यद्यपि ओलम्पिकमा भाग लिँदा खेलको विधासँग सम्बन्धित व्यक्ति नै सहभागी हुनुपर्ने प्रावधान भने रहेको छ ।यसअघि ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ र राखेप उपाध्यक्ष शिव कोइराला जापान जाने तय भएको थियो ।

तर उनीहरुले बोर्डको बैठकसमेत नराखिएकोले जापान नजाने घोषणा गरेका थिए ।
२०२० जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा नेपालमा पाँच खेलाडिले भाग लिँदैछन् । जसमा नेपालका तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारीसहित २४ जना जापान पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..