प्रहरीमाथि स्थानीयद्वारा ढुङ्गामुढा

धनगढी । धनगढी उपमहानगरपालिका ३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न लागेका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् ।आज मंगलबार स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० जना घाइते भएको बताइएको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अश्रुग्यास प्रहारपछि भीड नियन्त्रणमा आएको जनाइएको छ । लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध भएको छ ।वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरीले जनाएकोछ ।

यसअघि सोमबार पनि प्रहरीले कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो ।स्थानीयले मंगलबार फेरि कल्भर्ट बन्द गरिदिएपछि विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..