अफिमसहित हेटौंडाबाट रत्न पक्राउ

हेटौंडा । लागूऔषध नियन्त्रण व्यूरोले हेटौंडाबाट अफिमसहित एक जनालाई पक्राउ गरेको छ । ठूलो मात्रामा अफिम कारोबार भएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंबाट आएको व्यूरोको टोलीले मकवानपुरको बकैया गाउँपालिका–५ का ४४ वर्षीय रत्न भुलुनलाई सोमबार पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काको टोलीले हेटौंडा उपमहानगरपालिका–२ संगमचोकबाट ५ किलो ७ सय ग्राम अफिमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


भुलनले पिठ्यूँमा बोकेको कालो रंगको झोला खानतलासी गर्दा झोलाभित्र रातो र सेतो रंगको प्लाष्टिकको पोकामा कालो पदार्थ अफिम फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..