एयर गनसहित एक जना पक्राउ

वीरगञ्ज । अवैध हतियारसहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका–५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाएर राखिएको एक थान एयर गन फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कलवारले घरभित्र अवैध रुपमा हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा सोमबार बिहान प्रहरी टोलीले उनको घर खानतलासी गरेको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..