उदयपुरको बेलकामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

लहान । उदयपुरको बेलका नगरपालिका–९ बाट लागुऔषध ब्राउन सुगरसहित चारजनालाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गए राती १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानिय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ वर्षीय बिनोद परियार, बेलका नगरपालिका–७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना माथि थप अनुसरन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..