केन्द्रीय अनुसन्धान ब्यूरोको ठुलो सफलता : साढे १९ करोडको चेकसहित मिटरब्याजी पक्राउ

काठमाडौं । चर्को मिटरब्याज अशुल गर्ने एक जनालाई विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौं महानगरपालिका–७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट पक्राउ गरको जनाएको छ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं –३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटरब्याज लगाएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

प्रकाशबाट चार करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट चार करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा ब्यूरोले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..