जनकपुरधाम । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल निर्माणको काम सम्झौताअनुसार भएको भए गएको असार मसान्तमा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने थियो।
तर ठेकेदार कम्पनीको चरम लापरबाहीले पुल हस्तान्तरण गर्नुपर्ने समयसम्म पुलको एउटा पिल्लरसमेत ठडिएको छैन।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ साल असार २७ गते पुल बनाउन पप्पु एडभेन्चर जेभीसँग सम्झौता गरेको थियो।
सडक डिभिजन कार्यालयका अनुसार पुलको सम्झौता अवधि २०७७ असार मसान्तसम्म थियो। १२ करोड ६२ लाख २४ हजार २६२ रुपैयाँ लागतमा १२४ मिटर लामो देवहरिया-बेहडाबाबा पुल निर्माण गर्ने सम्झौता गरे पनि निर्माण कम्पनीको लापरबाहीले पिल्लरसमेत राखिएको छैन।


