ओली ‘रेड कार्ड’ खाएर बालकोट जानुभयो, अब म्याच खेल्न पाउनुहुन्न : विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गरेका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको टिप्पणी थियो ।आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाइ छ ।

विहीबार काठमाडौंमा आयोजित एक् साक्षात्कारमा बोल्दै उनले भने, ‘केपी ओली त रेड कार्ड खाएर बालकोट जानुभयो, अब म्याच खेल्न पाउनुहुन्न ।’उनले ५ दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाए । उनले भने, ‘उहाँले यो संसदको पूर्ण आयु कायम गर्नुपर्छ भन्नुभएको छ । यो सरकार १६ महिना नै चल्छ ।’उनले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने पनि दाबी गरे । उनले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताए ।


उनले भने, ‘मुलुकलाई सबै मिलेर अघि बढाउनुपर्छ । उहाँले राष्ट्रिय सहमतिको वातावरण बनाउनुहुन्छ । मलाई विश्वास छ, उहाँले त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ ।’उनले विश्वासको मत भने अधिकतम पाउने जिकिर गरे । यसअघिको सरकारले गरेका राम्रा र असल कामलाई भने यो सरकारले निरन्तरता दिने र असंवैधानिक कामलाई भने खारेज गर्ने पनि उनको भनाइ छ ।


ओलीले कानूनविपरित सरकार चलाएको उनको आरोप थियो । तर, वर्तमान सरकारले कानूनबमोजिम देश चलाउने उनको विश्वास छ । एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार गरिने पनि उनले जानकारी दिए ।
उनले भने, ‘यथाशीघ्र मन्त्रिमण्डल विस्तार हुन्छ, मलाई लाग्छ एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ ।’ माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने र सबैलाई सरकारमा भाग लिने वातावरण बनाईने पनि बताए ।


उनले भने, ‘सबैले सरकारमा भाग लिँदा नै सही हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भन्दा यो चुनावी सरकार नै हो । हाम्रो लक्ष्य भनेको यो संसदको पूर्ण कार्यकाल चल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..