बैठक रोक्न माग गर्दै रावल पुगे अध्यक्ष ओली भेट्न च्यासलमा

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् च्यासलमा जारी बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन् । पार्टी विवाद मिलाउनको लागि गठित कार्यदलले यसअघि दश बुँदे सहमति गरेको छ ।

दुवै तर्फका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेरै दश बुँदे सहमतिपत्र बुझाएका छन् । तर, अहिलेसम्म यसबारेमा दुवै नेताले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

नेता नेपाल पक्षको उपस्थित् बिना नै एमाले स्थायी कमिटी बैठक सुरु भएको हो । उक्त बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् । उनले न्याय पाउने ठाउँबाट नै अन्याय भएको आफ्नो भनाई राखेका थिए । पार्टीको बैठक रोक्न माग गर्दै नेता नेपाल पक्षधर नेताहरु भीम रावल र सुरेन्द्र पाण्डे अहिले बैठकस्थल् च्यासल पुेका छन् ।

बैठक हलमा छिर्ने क्रममा पत्रकाहरुले बैठकमा सहभागी हुन आउनुभएको हो भनेर सोधेको प्रश्नमा रावलले आफूहरु बैठकमा सहभागी हुनको लागि नभई बैठक स्थगनको लागि आग्रह गर्न आईपुगेको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..