उपाध्यक्ष वामदेव पनि गएनन् एमालेको बैठकमा

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरमा सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल समूह उपस्थित भएका छैनन् ।

यस्तै पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा अनुपस्थित भएका छन् । यसअघिका बैठकमा उपस्थित हुने गरेका गौतम आजको बैठकमा उपस्थित भएका छैनन् ।

केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा पनि उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने बताएका थिए ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..