हराएको पर्स बुझाउने भारतीय अटो रिक्सा चालक पुरस्कृत

धनगढी । कञ्चनपुरमा हराएको पर्स भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउने भारतीय अटो रिक्सा चालकलाई पुरस्कृत गरिएको छ । भारतबाट पेन्सन बुझेर फर्किने क्रममा भीमदत्त नगरपालिका-२ मौलियाका ४४ वर्षीय भुपेन्द्रसिंह बिष्टको हराएको पर्स बुझाउने भारतीय नागरिक ओमप्रकाश विजय पाललाई पुरुस्कृत गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले अटो चालकलाई पर्स भेटाएर बुझाएको भन्दै एक हजार ६ सय रुपैयाँ पुरस्कार स्वरुप दिएको जनाएको छ ।

बिष्टको पर्समा भएका १८ हजार भारतीय रुपैयाँसहित एनएमबी र एनआईसीए बैँकको एटीएम कार्ड र दुईवटा क्यान्टिन कार्ड जस्ताका त्यस्तै अटो चालक पालले बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..