कार्यदलका सदस्यहरु माधव नेपाललाई भेट्न कोटेश्वर पुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरु पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।

कार्यदलका सदस्यहरु १० बुँदे सहमति नेपाललाई बुझाउनको लागि कोटेश्वर पुगेका हुन्।  कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो। नेपालसहितको उपस्थितिको स्थायी कमिटी बैठकबाट सो सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला सदस्यहरु नेपाललाई भेट्न गएका हुन्। तर, नेपाल भने कार्यदलका सदस्यहरुले तयार पारेको सहमतिप्रति असन्तुष्ट छैनन्।

यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए। नेता नेपाललाई पनि सहमति बुझाउनको लागि नेताहरु कोटेश्वर पुगेका हुन्।

एमालेले आजै अपरान्ह १ बजे स्थायी कमिटी बैठक बोलाएको छ। सो बैठकमा माधव पक्षका नेताहरुको सहभागि हुनेरनहुनेबारे केही बताइएको छैन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..