सांसद पून : स्थापना,सभापतिदेउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले अबको २८ घण्टा भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि नेकपा एमाले भित्र खैलाबैला सुरु भएको छ ।

अदालतको फैसला प्रभावित पार्ने उद्येश्यले पार्टी अध्यक्ष केपी ओलीले हिजो राति १० बुँदे सहमति गरेपनि विवादमा परेका थियो । यसैबीच आज आएको सर्वाेच्चको फैसलालाई कसरी लिने भन्ने सन्दर्भमा दुई थरि मत आएका छन् ।

ओली पक्षले संविधानमाथि सर्वाेच्चको प्रहार भन्ने प्रतिक्रिया दिन लागेको छ भने माधव नेपाल पक्षले स्वागत गर्दैछ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकमा नेपाल पक्ष नजाने भएको छ । सर्वाेच्चले सात दिन भित्र प्रतिनिधि सभा बोलाउनसमेत आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले देउवाको पक्षमा प्रतिनिधिसभाका १४९ जनाको हस्ताक्षर रहेकोले त्यसकै आधारमा प्रम नियुक्त गर्न भनेको हो। देउवालाई प्रम नियुक्त गरेर विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन पनि सर्वोच्चको आदेश छ।

संसदले १ महिनाभित्र शेरबहादुरलाई बिश्वासको मत नदिए संविंदानको धारा ७६ ‘७’आम चुनाव घोषणा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..