चोरीका मोटरसाइकल सहित दुइ पेशेबर चोर असई विलेक्षण यादवको फन्दामा

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर – ३ मिथिलेश्वरबाट आइतवार दिउँसो प्रहरीले चोरीका दुई मोटरसाइकल बरामद गरेको छ ।

साथै दुई पेशेबर चोर पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगर ८ पिडारी चोकका १६ वर्षीय रिहान खान र मिथिला बिहारी नगरपालिका ३ का १९ वर्षीय समिर खान रहेका छन् । उनीहरुले चोरी गरेर चढेका १६० सिसि रातो कलरका अपाचे र १५० सिसि कालो–रातो पल्सर मोटरसाइकल बरामद गरिएको छ । मोटरसाइकलको नम्बर हटाइदिएको छ । दुबै मोटरसाइकलमा चार जना चढेका थिए । आशंका लागेर प्रहरीले मोटरसाइकल चेकजाँच गर्न खोजेको थियो ।

तर उनीहरु भाग्न खोजेपछि ईलाका प्रहरी कार्यालय तारापट्टीका असई विलेक्षण यादव कमाण्डको टोलीले लखेटेर दुवै जनालाई समातेका छन् । अन्य दुई जना फरार भएको बताइएको छ ।

फरार दुई युवकको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ति दुई किशोरले शनिवार राति जनकपुरबाट दुबै गाडी चोरी गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..