सहकारीबाट ३० लाख चोरी

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।


‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् ।’ सेफमा रहेको रकममध्ये तीस लाख चोरी भएको उनले बताए । ‘सेफ भित्र करिव ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछ,’ उनले भने ।संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए ।

सिसिटिभी जडान गरिएको कम्प्यूटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । सहकारीमा चोरी भएको बारे बिहान आठ बजे मात्र थाहा भएको श्रेष्ठले बताए । ‘आज मिटिङ बोलाएका थियौं, बिहान आठ बजे कर्मचारी कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भयो,’ उनले भने ।घटनास्थल प्रहरी पुगिसकेको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए ।

‘बोर्लाङ प्रहरी चौकीको टोली त्यहा पुगिसक्यो, जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली पठाएका छौ,’ उनले भने ।उक्त टोली पुगेर घटनाबारे थप अनुसन्धान गर्ने उनले जानकारी दिए । सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको तर पहिचान हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..